विज्ञापन
No data was found

'सगरमाथा आरोहि विधान श्रेष्ठलाई चन्द्रागिरिका बासिन्दाले गरे भव्य स्वागत'

 

विज्ञापन

काठमाडौं । चन्द्रागिरिका सम्भवत: प्रथम सगरमाथा आरोहि युवा विधान श्रेष्ठलाई चन्द्रागिरिका बासिन्दाले नगर परिक्रमा गराइ भव्य स्वागत तथा सम्मान गरेका छन् ।

विज्ञापन

चन्द्रागिरिका प्रथम सगरमाथा आरोही मेकानिकल इन्जिनियर विधान श्रेष्ठलाई आज उनको आफ्नो जन्मथलोमा स्वागत गर्दै स्थानीय बासिन्दाहरूले नगर परिक्रमासहित सम्मान गरेका हुन् ।

चन्द्रागिरी नगरपालिका वडा नं ९ निवासी विधानले मे १९ तारिखका दिन बिहान ९ बजेर २२ मिनेटमा सगरमाथाको चुचुरोमा पाईला टेकेका हुन । न्युयोर्कदेखि सगरमाथा शिखरसम्म केवल ३ दिन २३ घण्टा ७ मिनेटमा श्रेष्ठले सगरमाथाको यात्रा पुरा गरेका हुन । यो संगै उनी छोटो समयमै सगरमाथा आरोहण गर्ने आरोहीको रूपमा विश्व रेकर्ड कायम गर्ने व्यक्तिका रूपमा सामेल भएका छन ।

श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरि चन्द्रागिरिको नाम राख्न सफल भएको शुभ अवसरमा उनको सम्मानमा चन्द्रागिरिका बासिन्दाले बाजागाजा सहित विष्णुदेवी मन्दिरबाट नगर परिक्रमा गराई स्वागत तथा सम्मान गरेका हुन ।

श्रेष्ठलाई स्वागत एवं सम्मान गर्न चन्द्रागिरि नगरपालिकाकी उपमेयर वसन्ती श्रेष्ठ लगायत विभिन्न वडाका वडा अध्यक्षहरू तथा स्थानिय बासिन्दाहरूको अभूतपूर्व सहभागीता रहेको थियो ।

त्यस्तै, आज नै नेपाल सांस्कृतिक कला मन्दिरले श्रेष्ठलाई मच्छेगाउँमा सम्मान गर्दैछ भने चन्द्रागिरि नगरपालिकाले पनि सगरमाथा आरोही विधान श्रेष्ठलाई सम्मान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत