विज्ञापन
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । उसले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो ।
विज्ञापन
हवाई इन्धनको मूल्य भने घटेको छ । इण्डियन आयल कर्पोरेशनबाट शनिबार(जेठ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्रतिलिटर पेट्रोलमा रु. २.११ ले र डिजेलमा रु. १.०९ ले बढेर आएको छ भने हवाई इन्धनमा रु. २.५७ ले घटेर आएको छ ।
निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागु हुने जनाएको छ ।