काठमाडौँ । नेपाली नारीहरूको महान पर्व (तीज) को विकृत परम्पराको थालनी र राष्ट्रिय व्यथितिमा चन्द्रागिरि नगरपालिकाको पनि योगदान उच्च देखिएको छ ।
महिनौंदेखि तीजको नाममा लाखौं रकम बाँडनेदेखि सेवाग्राहीहरूको दैनिक काम गर्न छाडेर चन्द्रागिरिका जनप्रतिनिधिहरूलाई नाचगान गर्न भ्याइनभ्याई छ ।
हरितालिका (तीज) हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चारदिन मनाईने तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाँचगान मनोरञ्जन समेत गरिने परम्परा रहिआएको छ तर आजभोलि तीजले विकृत रूप धारण गर्न थालेको छ ।
(तीज) को बहानामा महिला (कार्यकर्ताहरू) जम्मा गराएर संस्कृति जगेर्नाको नाममा वडा वडामा भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज, भतेर, प्रतिस्पर्धामा सहभागी भएर जनप्रतिनिधिहरूले प्रदर्शन गरिरहेको नाचगानले संस्कृतिको सम्बर्द्धन भइरहेको छ कि समाज भड्खालोतिर गइरहेको छ प्रश्न उठ्न थालेको छ ।
महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक श्रृंगारपटार जस्ता कुराले तिज मौलिक चाड हो भन्ने कुरालाई बिर्साइदिएको छ ।
सात डाँडापारी विवाह गरी पठाएका चेलीबेटीलाई बाबा आमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मिठोमसिनो खाने खुवाउने, भाइचाराको सम्बन्ध सुदृढ बनाउने पवित्र पर्वको विद्रुपिकरणमा “भोटको राजनीति” ले विकृत भूमिका खेल्न थालेको छ ।
गाउँबेंसीमा चेलीबेटीका दुखेसो बोकेका गीत, हतारहतार काम सकेर चेलीबेटी लिन हिँडेका माइती, घर–घरमा पाक्ने अनदीको लट्टे, खीर, तामा–टुसाको तरकारी र काँक्राको अचार अनि रातभरि नाँचगान गर्दै खाइने दर ! त्यसपछि भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा ! यही हो हाम्रो तीजको मौलिकता ।
(तीज) को बहानामा महिला (कार्यकर्ताहरू) जम्मा गराएर संस्कृति जगेर्नाको नाममा वडा वडामा भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज, भतेर, प्रतिस्पर्धामा सहभागी भएर जनप्रतिनिधिहरूले प्रदर्शन गरिरहेको नाचगानले संस्कृतिको सम्बर्द्धन भइरहेको छ कि समाज भड्खालोतिर गइरहेको छ प्रश्न उठ्न थालेको छ ।
तर, अहिले यो पर्वको मौलिकता माथि नै प्रश्न खडा हुनेगरी र नेपाली समाजको चरित्र नै प्रदुषित पार्नेगरी राजनीतिकरण गरिएको विश्लेषकरूले बताएका छन् ।
उसो त चन्द्रगिरि नगरपालिकाले नगरभित्र रहेका मूर्त, अमूर्त संस्कृति सम्पदाहरू र परम्परादेखि चल्दै आएका पर्व, पुजाहरू सूचीकृत गर्ने र संस्कृति संरक्षण गर्न संस्कृति सम्पदा सम्बन्धी शाखा नै खोलेर बसेको छ । तर, प्राचीन धरोहरको रूपमा रहेको कतिपय परम्परा र पर्व, पुजाहरूको तथ्यांक समेत नगरसँग नरहेको तथा लोप हुने क्रममा रहेका त्यस्ता संस्कृतिहरूको जगेर्नाका लागि सामन्य बजेट व्यवस्थापन समेत नगरेको संस्कृतिकर्मीहरूले गुनासो पोख्ने गरेका छन् ।
तर, यता तीज आउनु महिनौं अगाडिदेखि दर खाने, ख्वाउने, कार्यकर्ता नचाउने, आफुहरू पनि हस्याङ्फस्याङ्ग गर्दै नाच्दै, भाषण गर्दै जनताको करको लाखौं पैसा सत्यानाश पार्ने जनप्रतिनिधिहरूको गतिविधि र उनिहरूले बाँडेको पैसाको स्रोत र पारदर्शितामाथि भने सबै मौन छन् । तैं चुप मैं छुप ।