विज्ञापन
No data was found

'छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास “विविशारा” लोकार्पण हुँदै'

काठमाडौँ । साहित्यकार छवि वैरागी घिमिरेको नवीनतम कृति “विविशारा” उपन्यासको लोकार्पण हुने भएको छ ।

विज्ञापन

बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थमा केन्द्रित रहेको भनिएको उपन्यासमा सामाजिक विभेददेखि मायाप्रेम र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ बन्न सक्छन् भन्ने विषयवस्तु समेटिएको बताइएको छ ।

विज्ञापन

यसअघि घिमिरेका किनारीकृत माइली नामक चम्पू खण्डकाव्य, माटाको आस्था, छन्दपान र आहत हिपत लगायत कृति प्रकाशित छन् ।

त्यस्तै, विविशारा उनको दोस्रो आख्यान हो । जसलाई उनले लामो समयको खोज, अनुसन्धान र साधनापछि प्रकाशनमा ल्याएको बताएका छन् ।

फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यास “विविशारा” को युनियन हाउस, अनामनगरमा भदौ १४ गते दिउँसो १:३० बजे लोकार्पण हुन लागेको बताइएको छ ।

साहित्यकार बाबू त्रिपाठी प्रस्तोता रहने उक्त कार्यक्रममा अमर न्यौपाने तथा अनुपमा रेग्मी वक्ताका रूपमा रहने जनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत