काठमाडौं । “भविष्यका लागि शिक्षाको पुनःपरिकल्पना : नवीनता, समानता र आजीवन सिकाइ” भन्ने मूल नारासहित शिक्षालयले सार्क शिक्षा सम्मेलन तथा पुरस्कार समारोह २०२५ आयोजना गर्ने भएको छ। दुई दिने यो कार्यक्रम २०८२ साल भदौ १३ र १४ गते (२९–३० अगस्ट २०२५) काठमाडौंको लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा आयोजना हुनेछ ।
विज्ञापन
कार्यक्रममा शोधपत्र प्रस्तुतिकरण, प्यानल छलफल र पुरस्कार वितरण जस्ता गतिविधिहरू हुनेछन् ।
विज्ञापन
आयोजक शिक्षालयले कार्यक्रमको दर्ता शुल्क रु. ४,५०० तोकेको जनाएको छ । इच्छुक सहभागीहरूले अनलाइन दर्ता गर्न सक्नेछन् वा आयोजन समितिसंग सम्पर्क गर्न सक्नेछन् ।
यस सम्मेलनले शिक्षाविद्, नीतिनिर्माता तथा सरोकारवालाहरूलाई एकै स्थानमा ल्याई दक्षिण एसियाली क्षेत्रमा शिक्षामा नवीन र समावेशी दृष्टिकोणबारे छलफल गर्ने उद्देश्य राखिएको आयोजक मोहन कार्कीले बताए ।