काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी तथा मातहतको महिला संगठन अखिल नेपाल महिला संघको संयुक्त आयोजनामा दोस्रो तीज विशेष महिला उद्यमी प्रस्तुतीकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाली नारीहरूको महान पर्व हरितालिका (तीज) को अवसरमा गरिएको महिला उद्यमी प्रस्तुतीकरण तथा सम्मान कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका १५ ओटै वडामा उद्यम, व्यवसाय सञ्चालन गर्दै महिला सशक्तीकरण तथा आर्थिक आत्मनिर्भरता एवं उत्पादनसँग जोडिएर उदाहरणका रूपमा कार्य गर्दै आईरहेका १४ जना अग्रणी उद्यमी, व्यवसायी महिलाहरूले सञ्चालन गर्दै आएका उद्योग, व्यवसायको प्रकृति, उन्नति र चुनौती सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
साथै सामाजिक, आर्थिक र आत्मनिर्भरता र उत्पादनको क्षेत्रमा उनिहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको नेकपा एमाले चन्द्रागिरि नगर पार्टी कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिएका छन् ।
नेकपा एमाले चन्द्रागिरि नगर कमिटी तथा अखिल नेपाल महिला संघ नगर कमिटीको संयुक्त आयोजनामा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा भदौ ८ गते सम्पन्न कार्यक्रममा विभिन्न अतिरिक्त महिला केन्द्रित कार्यक्रमहरू समेत सञ्चालन गरिएको (अनेम) संघ चन्द्रागिरि कमिटीका अध्यक्ष शान्ता बलामीले बताएकी छिन् ।