काठमाडौँ । प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवनको यहि भदौ १६ गते विधिवत उट्घाटन गरिने भएको छ ।
नेपाल सरकारको बजेटबाट निर्माण गरिएको प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय, ब्यारेक भवनको काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्गबाट भदौ १६ गते उट्घाटन गरिने प्रहरी वृत्त थानकोटका कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन् ।
विगत ५ वर्षदेखि प्रहरी भवन निर्माण चरणमा रहेकोले थानकोट प्रहरी वृत्तको दैनिक प्रशासनिक कार्य त्रिभुवन पार्कको स्वामित्वमा रहेको भवन तथा थानकोटका निजि घरहरू भाडामा लिएर सञ्चालन हुँदै आएकोमा अबदेखि आफ्नै भवनबाट थप सेवा सुविधासहित कार्यालय सञ्चालन हुने वृत्तले जनाएको छ ।
औपचारिक उट्घाटन कार्यक्रम सोमबार बिहान ९ बजे नवनिर्मित भवन चेकपोस्टमा हुने भएको हो ।