काठमाडौं शिक्षा क्याम्पसले वैशाख १९ गते आफ्नो ३५ औं स्थापना दिवस मनाउने भएको छ ।
चन्द्रागिरि नगरपालिकामा रहेको देशकै अग्रणी शैक्षिक संस्था काठमाडौं शिक्षा क्याम्पसले वैशाख १९ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा आफ्नो ३५ औं स्थापना दिवस मनाउन लागेको हो ।
२०४८ साल वैशाख १५ गते स्थापना गरिएको काठमाडौं शिक्षा क्याम्पसले नेपालको शैक्षिक क्षेत्रको गणस्तरीय विकास तथा दक्ष जनशक्ति निर्माणमा विगत साढे ३ दशकदेखि ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको छ ।
काठमाडौं शिक्षा क्याम्पसको वार्षिक दिवस समारोहको वैशाख १९ गते बिहान ७:३० बजे क्याम्पसकै सभा हलमा मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा औपचारिक उट्घाटन गरिनेछ भने विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले जानकारी दिएका छन् ।