काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकासाला भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ।
विज्ञापन
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले स्थानीय प्रहरीको सहयोगमा ललितपुरको जावलाखेलस्थित राणाको निवासमा घेराबन्दी गर्दै तलासी लिएको हो ।
विज्ञापन
पारिवारिक स्रोतका अनुसार प्रहरीले घरभित्र रहेका कागजात र अन्य सामग्रीको खानतलासी लिएको छ । केही सामग्री बरामद गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
प्रहरी स्रोतका अनुसार गोप्य सूचना लीक हुन सक्ने शंकाका आधारमा राणाको घरमा छापा मारिएको हो । घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।