काठमाडाैं । थानकोटका कवि शिवप्रसाद श्रेष्ठको नेपाल भाषाको “ह्याँउगु निभा:या ज:” तथा “आमाको स्वर” दुईओटा पुस्तक एकसाथ लोकार्पण हुने भएको छ ।
विज्ञापन
चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट, ताहननी: निवासी शिवप्रसाद श्रेष्ठको नेपाल भाषाको “ह्याउँगु निभाःया जः (चिनाखँ मुना) र “आमाको स्वर” कविता सङ्ग्रह लोकार्पण हुने भएको हो ।
विज्ञापन
गायन, वाद्यवादन तथा लामो शिक्षण अनुभव समेत बटुलेका थानकोटका पुराना साहित्यकारहरू मध्येका श्रेष्ठको पुस्तक लोकार्पण वरिष्ठ साहित्यकार तथा समालोचक डा.योगेन्द्र प्रधानको प्रमुख आतिथ्यतामा कार्तिक १ गते शनिबार बिहान १०:३० बजे इमाखेल (जोखा:) थानकोटस्थित मोर्डन पार्टी भेन्युमा हुन लागेको आयोजक शुसिलप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।