विज्ञापन
No data was found

'स्वास्थ्यका लागि रिफाइन्ड तेल भन्दा शुद्ध घिउ राम्रो'

वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर ओम मुर्ति अनिलले घिउ सेवन स्वास्थ्यका लागि फाइदाजनक छ कि हानिकारक भन्ने विषयमा आफ्नो धारणा राखेका छन् ।

विज्ञापन

उनले आफ्नो युट्युब च्यानल मार्फत एउटा भिडियो सार्वजनिक गर्दै समाजमा व्याप्त भ्रम चिर्दै घिउको फाइदाबारे बोलेका हुन् ।

विज्ञापन

डा. अनिलका अनुसार, बजारमा पाइने ‘रिफाइन्ड तेल’ र बटरको तुलनामा शुद्ध घिउ स्वास्थ्यका लागि धेरै राम्रो विकल्प हुने र घिउमा भिटामिन ए, डी, ई, र के प्रशस्त मात्रामा पाइनुका साथै, यसमा हुने ओमेगा–३ र लिनोलेइक एसिडले मुटु र स्नायु प्रणालीलाई बलियो बनाउन मद्दत गर्ने बताएका हुन् ।

उनले घिउको “स्मोक पोइन्ट” (तताउँदा डढ्ने बिन्दु) उच्च हुने भएकाले खाना पकाउँदा यसका पोषक तत्वहरू हत्तपत्त नष्ट नहुने र स्वास्थ्यका लागि राम्रो हुने बताएका हुन् ।

गाउँघरमा बाजेबज्यैले प्रशस्त घिउ खाएर पनि स्वस्थ जीवन बिताएको उदाहरण दिँदै डा. अनिलले अहिलेको समयमा त्यो तुलना गर्न नमिल्ने बताउँदै उहाँहरूको जमानामा कडा शारीरिक परिश्रम हुन्थ्यो, जसले गर्दा घिउ पच्थ्यो। तर, अहिले हाम्रो जीवनशैली विलासी र कम सक्रिय (Sedentary) भएकाले धेरै घिउ खाँदा मोटोपना र रोगको जोखिम बढ्न सक्ने उनले स्पष्ट पारेका छन् ।

घिउ कसले खाने, कसले नखाने ?

डा. अनिलले घिउ खानै नहुने भन्ने होइन, तर आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र खानुपर्ने सुझाव दिएका छन् ।उनको सुझाव अनुसार स्वस्थ व्यक्तिका लागि यदि मुटु रोग, उच्च रक्तचाप, मधुमेह, मोटोपना वा कोलेस्ट्रोलको समस्या छैन भने, थोरै मात्रामा (जस्तै: दाल वा भातमा आधा चम्चा) घिउ खानु सुरक्षित हुन्छ। यसले हानि गर्दैन।

यदि, दीर्घ रोगहरू छन् वा रगतमा खराब कोलेस्ट्रोल (LDL) को मात्रा उच्च छ भने घिउको सेवन नगर्नु वा एकदमै कम गर्नु नै बुद्धिमानी हुन्छ।

डा. अनिलले घिउ नियमित खाने बानी भएकाहरूलाई समय–समयमा आफ्नो रगतमा कोलेस्ट्रोलको मात्रा जाँच गराइराख्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत