विज्ञापन
No data was found

'मकवानपुरको थाहा नगरमा इन्द्रायणी जात्रा सुरु'

काठमाडाैं । मकवानपुरको इन्द्रायणी चौरमा तीनवर्षे मेला शुरु भएको छ । थाहानगरको इन्द्रायणी चौरमा १८ मंसिरबाट मेला शुरु भएको हो ।

विज्ञापन

स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला तीन दिनसम्म अर्थात २० मंसिरसम्म संचालन हुनेछ । मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको इन्द्रायणी मन्दिरमा रथ ल्याइएको छ । दोस्रो दिन सर्वसाधारणको मुख्य पुजा, तेस्रो दिन रथ उठाउने तान्त्रिक विधि सहितको पुजा हुने गर्दछ ।

विज्ञापन

दामन पालुङको मध्यभागमा पर्ने इन्द्रायणी माईको चौरमा लाग्ने जात्रामा पालुङको नेवार तथा देउला समुदायले विधिपूर्वक पुजाआजासहित गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथारोहण गर्दछन भने गोपालीगाउँको सेति गणेशको रथारोहण पनि गर्ने गरिन्छ ।

मेला मकवानपुरको उत्तरी क्षेत्रको ऐतिहासिक मेला हो । करिब ३ सय ५० वर्ष अघिदेखि उक्त मेला चल्दै आएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन