काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौं–१० बाट ५ जनाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।
त्यस्तै समानुपातिक तर्फ ४ जनाको नाम सिफरिस भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट निरञ्तर १८ बर्ष काग्रेसबाट सक्रिय रहेका राजेन्द्र कुमार केसीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाबी पेश गरेनन् ।
अन्ततः नयाँ ५ जनाको नाम सिफरिस भएको हो ।सर्वसम्मतको प्रयास असफल भएपछि कांग्रेसले प्रतिस्पर्धात्मक सूची अघि सारेको हो ।जस अनुसार क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्ष तर्फ योगेन्द्र कुँवर, दीपेश विष्ट, लक्ष्मी रावल, हिमाल कार्की, दीपेन्द्र आचार्यको नाम सिफरिस गरेको छ ।
त्यस्तै, समानुपातिक तर्फ जमुना नकर्मी,दिलमाया देआर, बद्रिलाल महर्जन र अष्ट महर्जनको नाम सिफरिस भएको हो । नेपाली कांग्रेसको विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफरिस गर्नुपर्ने हुन्छ ।
नाम सिफरिस केन्द्रिय निर्देशन अनुसार हुन नसकेकाले जिल्ला,प्रदेशमा थप छलफल हुनेछ र अन्ततःकांग्रेसले अब यी सिफारिसहरू केन्द्रमा पठाएपछि अन्तिम नाम चयन हुनेछ ।
काठमाडौं क्षेत्र नं. १० मा चन्द्रागिरि नगरपालिकाका १० वडाका साथै कीर्तिपुर र दक्षिणकाली नगरका सबै भू–भाग पर्दछन ।