विज्ञापन
No data was found

'नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन अवैध तथा पार्टी विधान विपरित भएको संस्थापनको निष्कर्ष'

काठमाडौं । हिजोदेखि सुरू गरिएको नेपाली कांग्रेसको विशेष महाधिवेशन अवैध तथा पार्टी विधान विपरित भएको भन्दै संस्थापन पक्षले प्रतिवाद गरेको छ ।

विज्ञापन

विशेष महाधिवेशन पक्षधरले जति नै हल्ला गरेपनि विशेष महाधिवेशनको प्रक्रिया पार्टीको विधान र आन्तरिक नियमअनुसार नचलेको र वैधानिक मापदण्ड पूरा नगरेको संस्थापन पक्षले आरोप लगाएका छन् ।

विज्ञापन

स्रोतले दिएको जानकारी अनुसार, नेपाली काङ्ग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको निर्णयले पार्टीको नेतृत्व र कार्यसमिति गठन गर्न नसक्ने दाबी गरेको छ । साथै, पार्टीको लोकतान्त्रिक संरचना र आन्तरिक प्रक्रियालाई मिचेर गरिएको विशेष महाधिवेशनमाथि प्रश्न उठाउँदै अधिवेशनको निर्णयलाई मान्यता नदिने चेतावनी दिइएको छ ।

संस्थापनले पार्टी एकताको महत्व औँल्याउँदै, आगामी १५औँ महाधिवेशनसम्मको व्यवस्थापन वैधानिक र पारदर्शी ढंगले हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु