विज्ञापन
No data was found

'पुस ३० र माघ १ गते टुँडिखेलमा भव्य रूपमा मगर माघे सकराती मनाइँदै'

काठमाडौं ।  मगर तथा थारु समुदायको राष्ट्रिय पर्व माघे सकराती पर्व यस बर्ष पनि काठमाडौको टुडिखेलमा मगर समुदायले विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।

विज्ञापन

नेपाल मगर संघ केन्द्रीय समिति तथा विभिन्न भ्रातृ संघसंस्थाहरुले काठमाडौंको टुँडिखेलमा दुई दिने विशेष माघे सकराती मेलाको आयोजना गरेर मनाउन लागेका हुन् । टुँडिखेलमा पुस ३० र माघ १ गते भव्य कार्यक्रमको आयोजना गरेर मनाउन लागिएको नेपाल मगर संघले पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

विज्ञापन

मगर माघे सकराती शुभकामना आदानप्रदान तथा मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको प्रधानमन्त्री सुशीला कार्कीले समुद्घाटन गर्नुहुने पत्रकार सम्मेलन मार्फत नेपाल मगर संघ  केन्द्रीय समितिका महासचिव टेक नाम्जाली मगरले जानकारी दिनुभएको छ ।

नेपाल तथा विश्वभरि छरिएर रहेका मगर समुदायले चेली, पितृ तथा प्रकृति पुजेर साथै पछिल्लो समय विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यस पर्वलाई भव्य रुपमा मनाउने गर्दछन् । माघे सकरातीलाई मगर समुदायले विशेष गरेर चेली पुज्ने पर्वको रुपमा मनाउने नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष गंगा खासु मगरले बताउनुभयो । कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रदर्शनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनीका साथै तारो हान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता र भलिबल प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।

२०८२ पुस ३० गते टुँडिखेल काठमाडौंमा बिहान १० बजे देखि मौलिक मगर साँस्कृतिक प्रस्तुतिहरु राख्ने कार्यक्रम रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । कार्यक्रममा मगर मौलिक सांस्कृतिक प्रस्तुतिहरु मगर कौराहा, मगर फाङ्क नाँच, मगर भुमे, मगर धाँसी संस्कृति, मगर स्याम्बो,  मगर डिग्रे, मगर हुर्रा, मगर थाली नाँच, मगर सिमला बारुला, मगर यानीमाया, मगर सालैज्यो जस्ता प्रस्तुतिहरु साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको आकर्षक सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिने भएको छ । त्यस्तै माघ १ गते, मुख्य समारोह हुनुभन्दा अगाडि विहान १० बजे भृकुटी मण्डपबाट मौलिक झाँकी सहितको र्‍याली निकालिने जनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत