विज्ञापन
No data was found

'चुनावका लागि चन्द्रागिरिसहित १६५ क्षेत्रमा अधिकृतको कार्यालय सञ्चालनमा'

काठमाडौं । प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आजदेखि चन्द्रागिरिसहित देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।

विज्ञापन

निर्वाचन आयोगका अनुसार उम्मेदवार मनोनयन दर्ता, उजुरी सुनुवाइ लगायतका चुनावी कार्यक्रमसम्बन्धी प्रशासनिक काम तथा निर्वाचन प्रक्रियाका अन्य तयारीहरू यही कार्यालयमार्फत सञ्चालन गरिनेछ ।

विज्ञापन

सबै निर्वाचन क्षेत्रमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय खुलेसँगै निर्वाचनको औपचारिक प्रक्रिया सुरू भएको छ ।

आयोगले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र पारिएको जनाएको छ । निर्वाचनको लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने तालिका रहेको छ ।

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत