काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदाता परिचयपत्र नभएका मतदाताहरूले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मतदाताको सहजताका लागि परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरेको हो ।
विज्ञापन
धेरै मतदाताहरूबाट ‘परिचयपत्र हराए वा नष्ट भए के गर्ने?’ भन्ने जिज्ञासा आएपछि आयोगले वैकल्पिक व्यवस्थाको घोषणा गरेको छ । आयोगका अनुसार, यदि मतदाता नामावलीमा तपाईंको नाम छ भने मतदाता परिचयपत्र नभए पनि फरक पर्दैन । परिचयपत्रको सट्टामा नेपाल सरकारले जारी गरेका अन्य आधिकारिक कागजातहरू देखाएर मतदान गर्न सकिनेछ ।
विज्ञापन