काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो दुई सातादेखि खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव देखिएको छ ।
विज्ञापन
बजारमा नेपाल ग्यासको अभाव देखिको छ । बजारमा विक्री केन्द्रहरूमा ग्यास नपाइएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन् । दैनिक सयौँको संख्यामा उपभोक्ता त्यहाँ लाइन लागेको देखिन्छ ।
विज्ञापन
कार्यालयबाट अहिले डिपोमा नयाँ ग्यास नआए पनि एक जनालाई एक सिलिन्डर उपलब्ध गराएर पठाइरहेको बताइएको छ । अभावको मुख्य कारण भारतबाट समयमै ग्यास ढुवानी नहुनु रहेको छ । ढुवानीकर्ता (ट्रक चालकहरू) सँगको केही असमझदारीका कारण धादिङ क्षेत्रमा ग्यास रोकिएको र सहमति भएपछि बजारमा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।