काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन प्रचार प्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ ।
विज्ञापन
आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणा पत्र सार्वजनिक गरी सो को आधारमा प्रचार प्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विज्ञापन
यो व्यवस्था अनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचार प्रसार हुने कार्य तालिका छ । तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।