विज्ञापन
No data was found

'बैतडीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जनाको मृत्यु'

काठमाडौं । बैतडीमा जन्ती बोकेको बस सडकबाट खस्दा १३ जनाको मृत्यु भएको छ ।

विज्ञापन

पुर्चाैडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा तीव्र मोडमा नियन्त्रण गुमाएर सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

विज्ञापन

दुर्घटनामा घाइतेमध्ये थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेमध्ये २५ जनाको डडेलधुरा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

प्रहरीले बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ। बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल रहेका छन्।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत