विज्ञापन
No data was found

'बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको अन्तिम तयारी, बोलायो सचिवालय बैठक'

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन र नेतृत्व चयनको प्रक्रियालाई तीव्रता दिएको छ । समानुपातिक सांसदहरूको नाम छनोट र संसदीय दलको नेता चयनका लागि विद्यमान विधान संशोधन गर्न रास्वपाले आगामी शनिबारका लागि सचिवालय बैठक आह्वान गरेको छ ।

विज्ञापन

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच बिहीबार भएको लामो संवादपछि यो निर्णय लिइएको हो ।

विज्ञापन

रास्वपाले आफ्नो विधानको धारा ६६ मा रहेको संसदीय दलको नेता चयन सम्बन्धी व्यवस्थालाई परिमार्जन गर्न लागेको छ । हालको विधानमा साधारण सदस्यहरूले नै संसदीय दलको नेता चुन्न पाउने प्रावधान छ । तर, राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २५ ले निर्वाचित सांसदहरूले मात्रै आफूमध्येबाट नेता छान्ने व्यवस्था गरेको छ । कानुनसँग बाझिएको यो प्रावधानलाई संशोधन गरेर रास्वपाले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता निर्वाचित गर्ने योजना बनाएको छ ।

प्रतिनिधिसभामा १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको रास्वपाले वरिष्ठ नेता शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । संसदीय दलको नेता चयन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

चन्द्रागिरिका राजन श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको कोषाध्यक्षमा विजयी

शोणितपुरकर्मी महतसहित वडा नं ७ का विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरू सम्मानित

पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउ ‘अपरिपक्व कदम’ भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

चन्द्रागिरिको ढुङ्गाअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो दुर्घटना

चन्द्रागिरि कला समूहद्वारा वडा नं ७ का विभिन्न विधा, क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय