काठमाडाैं । चन्द्रागिरि कला समूहको आयोजना तथा वडा नं ७ को सहकार्यमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिने भएको छ ।
चन्द्रागिरि नगरपालिकाको वडा नं ७ मा रहेर कला, साहित्य, संस्कृति, सञ्चार, खेलकूद, कलाकारिता तथा समाज सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्न लागेको आयोजक संस्थाका अध्यक्ष श्याम मानन्धरले जानकारी दिएका छन् ।
प्रमुख अतिथि घनश्याम गिरी, विशिष्ट अतिथि बसन्ती श्रेष्ठ तथा वडा अध्यक्ष शम्भु कुमार केसीको विशेष उपस्थितिमा वडा नं ७ अन्तर्गत रहेर योगदान पुर्याएका ६ जना सञ्चारकर्मी, ११ जना कलाकार तथा चलचित्रकर्मी, ९ जना संगीतकर्मी, १५ जना समाजसेवी, ९ जना खेलाडीहरूलाई उनिहरूको योगदानको कदर गर्दै सम्मान गरिन लागेको वडा नं ७ का अध्यक्ष शम्भु कुमार केसीले बताएका छन् ।
चैत्र १४ गते शनिबार दिउँसो १२ बजेदेखि ग्रीन्ल्याण्ड ब्यान्क्वेटमा हुने उक्त कार्यक्रमको अध्यक्षता चन्द्रागिरि कला समूहका अध्यक्ष श्याम कृष्ण मानन्धरले गर्नेछन् भने वडा नं ७ का वडा सदस्य एवंम नगरकार्यपालिका सदस्य उमा कुमारी थापाले संयोजकको भूमिका निर्वाह गर्नेछिन् ।