विज्ञापन
No data was found

'शोणितपुरकर्मी महतसहित वडा नं ७ का विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरू सम्मानित'

काठमाडौं । चन्द्रागिरि कला समूहको आयोजना तथा वडा नं ७ को सहकार्यमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको वडा नं ७ मा रहेर कला, साहित्य, संस्कृति, सञ्चार, खेलकूद, कलाकारिता तथा समाज सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ५१ जना व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।

विज्ञापन

प्रमुख अतिथि घनश्याम गिरीको उपस्थितिमा वडा नं ७ अन्तर्गत रहेर योगदान पुर्याएका ६ जना सञ्चारकर्मी, ११ जना कलाकार तथा चलचित्रकर्मी, ९ जना संगीतकर्मी, १५ जना समाजसेवी, ९ जना खेलाडीहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको वडा नं ७ का वडा सदस्य भुवन केसीले बताएका छन् ।

चैत्र १४ गते शनिबार ग्रीन्ल्याण्ड ब्यान्क्वेटमा भएको उक्त कार्यक्रमको अध्यक्षता चन्द्रागिरि कला समूहका अध्यक्ष श्याम कृष्ण मानन्धरले गरेका थिए भने वडा नं ७ का वडा सदस्य एवंम नगरकार्यपालिका सदस्य उमा कुमारी थापाले संयोजकको भूमिका निर्वाह गरेकी थिइन् ।

वडा नं ७ मा रहेर विभिन्न विधा, क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि घनश्याम गिरीले सम्मानित व्यक्तिहरू चन्द्रागिरि नगरपालिकाको सम्पत्ति भएको तथा उनिहरूको योगदान र भूमिका चन्द्रागिरि नगरको इतिहास, संस्कृति, सभ्यता विकासका लागि अतुलनीय रहेको बताएका थिए ।

आज सम्पन्न सम्मान कार्यक्रममा विगत लामो समयदेखि नेपाली पत्रकारितामा योगदान दिएका शोणितपुरकर्मी देवेन्द्र महतलाई पनि उनले सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

चन्द्रागिरिका राजन श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको कोषाध्यक्षमा विजयी

पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउ ‘अपरिपक्व कदम’ भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

चन्द्रागिरिको ढुङ्गाअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो दुर्घटना

चन्द्रागिरि कला समूहद्वारा वडा नं ७ का विभिन्न विधा, क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रीमण्डल गठन, सपथग्रहण सम्पन्न