विज्ञापन
No data was found

'गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज'

काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज मुलुकभर विविध कार्यक्रमका साथ मनाइँदैछ ।

विज्ञापन

नेपालमा एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्तिपूर्ण अवतरण गराई मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा डोर्‍याउन कोइरालाले अभिभावकीय भूमिका निर्वाह गरेका थिए । उनको योगदानलाई नेपाली राजनीतिमा विशेष महत्त्वका साथ स्मरण गरिन्छ ।

विज्ञापन

कांग्रेसका संस्थापक एवं जननायक बिपी कोइरालाको ६ दशक लामो संविधानसभा निर्वाचन गर्ने सपना गिरिजाप्रसादकै नेतृत्वमा २०६४ चैत २८ गते साकार भएको थियो । पहिलो संविधानसभा निर्वाचनमार्फत सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी) लाई संसदीय राजनीतिको मूलधारमा ल्याउन कोइराला सफल भएका थिए ।

गिरिजाप्रसाद कोइरालाले मुलुकमा शान्ति स्थापना र लोकतन्त्र सुदृढीकरणका लागि पुर्‍याएको अविस्मरणीय योगदानको कदर गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरूले देशैभर विचार गोष्ठी, दीप प्रज्वलन तथा फलफूल वितरण लगायतका कार्यक्रम आयोजना गर्दैछन् ।

कोइरालाको २०६६ साल चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

चन्द्रागिरिका राजन श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको कोषाध्यक्षमा विजयी

शोणितपुरकर्मी महतसहित वडा नं ७ का विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरू सम्मानित

पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउ ‘अपरिपक्व कदम’ भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

चन्द्रागिरिको ढुङ्गाअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो दुर्घटना

चन्द्रागिरि कला समूहद्वारा वडा नं ७ का विभिन्न विधा, क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय