काठमाडौँ । बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँगै नवनियुक्त मन्त्रिहरूले शपथग्रहण गरेका छन् ।
बालेन शाहले प्रधानमन्त्रीका रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका छन् । अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल र सुनिल लम्साल भौतिक, पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री बनेका छन् ।
त्यस्तै विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री, खड्गराज (गनेस) पौडेल पर्यटनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री, विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री र प्रतिभा रावल सामान्य प्रशासनका साथै भूमि व्यवस्थामन्त्रीमा नियुक्त भएकी छिन् ।
यसैगरी सोबिता गौतम कानुन न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि पशुपन्छी, वन तथा वातावारणमन्त्री, दीपक शाह श्रम तथा रोजगारमन्त्री र सिता बादीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका छन् ।