काठमाडाैं । दलित तथा वञ्चित समुदायप्रति क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषण गर्नेगरि सरकारले कार्यसूची सार्वजनिक गरेको छ ।
विज्ञापन
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एकसय कार्यसूची अन्तर्गत पाँचौ बुँदामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने उल्लेख गरिएको छ ।
विज्ञापन
उक्त पाँच नम्बर बुँदामा दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरवञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने भनिएको छ ।