काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशन गरेर युनियन भंग गरिएको जनाएको छ।
विज्ञापन
सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने योजना थियो। सोही अनुसार कर्मचारी युनियन भंग भएको हो।
विज्ञापन
युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत १५ गतेदेखि नै लागू हुने गरी युनियन भंग भएको हो।
