विज्ञापन

'मानन्धरको स्मृतिमा स्मृति ग्रन्थ'

काठमाडौं  ।  नेपालभाषाका वरिष्ठ पत्रकार एवं नेपालभाषा टाइम्सका निवर्तमान सम्पादक मा. सुुरेश किरण मानन्धरको ४५ औं दिनको पुुष्य तिनिमा उनको स्मृति ग्रन्थ लोकार्पण भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा भएको उक्त कार्यक्रममा नेपालभाषाका वरिष्ठ कवयित्री प्रतिसरा साय्‌मि र रजनी मिलाले कविता वाचन गर्नुुभएको थियो ।

विज्ञापन

नेवाः पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दबूूका उपाध्यक्ष सुुरेन्द्रभक्त श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा भवनमा भएको उक्त कार्यक्रममा दबूूका अर्का उपाध्यक्ष सुुनिल महर्जनले कार्यक्रमको बारेमा जनकारी दिनुुभएको थियो ।

विज्ञापन

कार्यक्रममा भुुपेन्द्र भुुसाल, लक्की चौधरी, उदेन न्हूसाय्‌मि, अगीब बनेपाली, पुुष्पराज राजकर्णिकार, रश्मिला प्रजापति, राजेन्द्रप्रसाद श्रेष्ठ, भिक्षुु कौण्डन्य महास्थवीरहरुले स्वर्गीय मानन्धरले विभिन्न क्षेत्रमा पु्र्‍याएका योगदानको बारेमा चर्चा गर्नुुभएको थियो । काठमाडौं महानगरपालिकाको सहकार्यमा नेवाः पत्रकार राष्ट्रिय दबूूले प्रकाशन गरेको उक्त स्मृति ग्रन्थमा स्वर्गीय मानन्धरका बारेमा लेखिएका नेपाली र नेपालभाषाका ९१ ओटा लेखहरु संग्रहित छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

वैशाख ११ गतेदेखि विद्यार्थी भर्ना तथा १५ गतेदेखि पठनपाठन सुरु गर्ने मेयर्स फोरमको निर्णय

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

शिक्षकलाई छन्द प्रशिक्षण

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कबडी प्रतियोगितामा मङ्लोदय मा.वि.का छात्र तथा छात्रा दुवै समूह फाइनल प्रवेश

यूएईमाथि नेपालको सहज जित

प्रधानमन्त्री कार्यालयको निगरानीपछि कर्मचारीहरू सचेत, चन्द्रागिरि नगरपालिकामा पनि देखियो सुधार