विज्ञापन

'चन्द्रागिरि हिल्समा गत आर्थिक वर्षमा ५ लाख ४ हजार ४ सय १५ जनाले गरे भ्रमण'

काठमाडौं । नेपालको दोस्रो तथा उपत्यकाको पहिलो केबलकार प्रवर्द्धन गरिरहेको चन्द्रागिरि हिल्समा गत आर्थिक वर्ष २०८२ मा देश तथा विदेशका गरि ५ लाख ४ हजार ४ सय १५ जना पर्यटकले भ्रमण गरेका छन् ।

विज्ञापन

२०६६ सालदेखि नै केबलकार सञ्चालनको लागि खाका बनाएर अगाडि बढेको तात्कालिन “काठमाडौं फनपार्क प्रा.लि.” हालको चन्द्रागिरि हिल्स लिमिटेड नेपाल कै अग्रणी पर्यटकीय स्थलको रूपमा स्थापित भइसकेको छ ।

विज्ञापन

पहिला रेमिटेन्स र पछि बैंकिङ्ग कारोबारमा समेत सफलता हासिल गरिरहेको आई.एम.ई. ग्रुपले सञ्चालन गरेको चन्द्रागिरि हिल्समा ४ सय भन्दा बढीले रोजगारी पाईरहेका छन् भने हस्पिटालिटी सेवा, सुविधा अन्तर्गत लक्जरी रूम सहितको चन्द्रागिरि हिल्स रिसोर्ट, ३८ ओटा गोण्डोला भएको केबलकार, अम्युजमेन्ट पार्क, जिपलाईन, स्काई साईक्लिङ, फ्रि-फल, स्विमिङ्ग पुल, रक क्लाईमिङ्ग, भ्यू टावर, फनपार्क लगायतका सेवा, सुविधाहरू उपलब्ध गराईरहेको छ ।

चन्द्रागिरि हिल्सका प्रमुख कार्यकारी निर्देशक अरूण प्रधानका अनुसार चन्द्रागिरि हिल्सलाई नेपालको मात्रै नभएर दक्षिण एसिया कै नमूना पर्यटन क्षेत्रको रूपमा विकास गर्न विभिन्न नवीन अवधारणा तथा प्राविधिक, साँस्कृतिक एवं धार्मिक आयामका गतिविधिहरू सञ्चालन गर्नेगरी हिल्सले छिट्टै नै केही थप योजनाहरू अगाडि बढाउन लागेको बताएका छन् ।

 

चन्द्रागिरि हिल्सलाई नेपालको मात्रै नभएर दक्षिण एसिया कै नमूना पर्यटन क्षेत्रको रूपमा विकास गर्न विभिन्न नवीन अवधारणा तथा प्राविधिक, साँस्कृतिक एवं धार्मिक आयामका गतिविधिहरू सञ्चालन गर्नेगरी हिल्सले छिट्टै नै केही थप योजनाहरू अगाडि बढाउन लागेको बताएका छन् ।

 

त्यस्तै, चन्द्रागिरि हिल्सका सेल्स तथा मार्केटिङ प्रमुख प्रभाकर खड्काले पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको रोजाईको थलोको रूपमा चन्द्रागिरि हिल्स परिचित हुँदै गएको, त्यसमा पनि सार्क मुलुकहरू मध्ये भारतीय पर्यटकहरू उच्च धार्मिक आस्थासहित भालेश्वर महादेवको दर्शन गर्न हिल्समा आउने गरेको बताएका छन् ।

चन्द्रागिरि हिल्सले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८२ मा देश तथा विदेशका गरि कुल ५ लाख ४ हजार ४ सय १५ जना पर्यटकले हिल्स भ्रमण गरेकोमा नेपालीको संख्या ३ लाख ६५ हजार १ सय ३४ जना, सार्क मुलुकका १ लाख २४ हजार ४९ जना, चाइनिज १ हजार ७ सय ७५ जना तथा अन्य मुलुकका १३ हजार ४ सय ५७ जना रहेकोमा सार्क मुलुक अन्तर्गत भारतीय पर्यटकहरूको संख्या ९० प्रतिशत रहेको बताइएको छ ।

गतवर्ष भएको जेन-जी आन्दोलनका क्रममा चन्द्रागिरि हिल्समा गरिएको आगजनी तथा तोडफोडका कारण हिल्समा ठूलो क्षति पुगेको थियो भने मर्मत सम्भारका लागि ३ महिना पूर्णत: बन्द गर्नुपरेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेलामा २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी, १७ लाख १४ हजार खर्च

हिजो राति आएको हावाहुरीले चित्लाङ माँझगाउँका केही घरहरूमा क्षति

विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

सरकारको निर्देशनको अवज्ञा गर्दै चन्द्रागिरिका स्कुलले आफै पुस्तक बिक्री गर्दै

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, ठेक्का अनियमितताको आरोप

१५ औँ काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डतर्फ टिम च्याम्पियन बन्न तारकेश्वर सफल, दाेश्राे चन्द्रागिरि नगरपालि

स्थानीय तहका उम्मेदवार छान्ने खाका तयार पार्न रास्वपाले बनायाे समिति

‘सम्पत्ति छानबिन आयोग’द्वारा वैशाख ९ गतेदेखि औपचारिक रूपमा कार्य प्रारम्भ