काठमाडाैं । निजी विद्यालयले ड्रेस र किताब बेच्न नपाउने सरकारको निर्देशनको उपहास गर्दै चन्द्रागिरिका विद्यालयहरूले धमाधम पुस्तक बिक्री गरिरहेको पाइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको भएपनि चन्द्रागिरिका केही विद्यालयहरूले पुस्तक बिक्री गरिरहेको हो ।
चन्द्रागिरिकै नाम चलेको वेस्ट पोइन्ट स्कुलले अभिभावकहरूलाई पुस्तकको लिस्ट नै उपलब्ध नगराइ प्रधानाध्यापकको क्युआर प्रयोग गरेर स्कुल हाताभित्रबाटै पुस्तक बिक्री गरिरहेको अभिभावकहरूले नै बताएका छन् ।
वेस्ट पोइन्ट स्कुल र ब्राइट एन्जल स्कुल त प्रतिनिधि स्कुल मात्रै हुन् । पछिल्लो समय देशभरका अधिकांश विद्यालयहरूले आफैँले वा विद्यालयभित्रैबाट पोसाक, पाठ्यपुस्तक र स्टेशनरी सामाग्री बिक्री वितरण गर्ने गरेको पाइएको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तत्काल त्यस्ता कार्य रोक्न निर्देशन समेत दिएको छ ।
त्यस्तै, ब्राइट एन्जल स्कुलले पनि सरकारको निर्देशन विपरीत पुस्तक बिक्री गरिरहेको अभिभावकहरूले बताएका छन् ।
वेस्ट पोइन्ट स्कुल र ब्राइट एन्जल स्कुल त प्रतिनिधि स्कुल मात्रै हुन् । पछिल्लो समय देशभरका अधिकांश विद्यालयहरूले आफैँले वा विद्यालयभित्रैबाट पोसाक, पाठ्यपुस्तक र स्टेशनरी सामाग्री बिक्री वितरण गर्ने गरेको पाइएको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तत्काल त्यस्ता कार्य रोक्न निर्देशन समेत दिएको छ ।
नेपाल सरकारको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कुनै पनि विद्यालयले विद्यालय हाताबाटै पुस्तक, स्टेशनरी तथा अन्य वस्तुहरु बेचबिखन गर्न बन्देज गरेको छ ।
निर्देशिकाले बन्देज लगाएपनि अधिकांश निजी विद्यालयहरूले अहिले पनि विद्यालय हाताबाटै पाठ्यपुस्तक, स्टेशनरी तथा किताब बोक्ने झोलासमेत बिक्री वितरण गरिरहेका छन् ।