काठमाडाैं । हिजो राति आएको हावाहुरीका कारण मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चित्लाङका केहि घरहरूमा क्षति पुगेको छ ।
तीव्र वेगमा चलेको हावाहुरीले थाहा नगरपालिकाको वडा नं ९ का विभिन्न स्थान तथा चित्लाङ माझगाउँका केहि घर तथा गोठहरूको छाना उडाएको र त्यसले केहि नोक्सानी गरेको स्थानीय कृषक राजन बलामीले जानकारी दिएका छन् ।
त्यस्तै, हिजो अकस्मात चलेको हावाहुरीका कारण स्थानीय बस्तीमा पुगेको क्षतिको स्थानीय सरकार, प्रहरी प्रशासनको रोहवरमा स्थलगत अनुगमन गरि तथ्यांक संकलन गरिएको र राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकाय समक्ष अनुरोध समेत गरिएको चित्लाङका युवा समाजसेवी बिजय बलामीले बताएका छन् ।
हिजो चलेको हावाहुरीले चित्लाङ लगायत स्थानीय विभिन्न क्षेत्रका बस्तीहरूका घर तथा गोठहरूमा क्षति पुगेको थाहा नगरपालिका वडा नं ९ का वडाध्यक्ष राजकुमार बलामीले जानकारी दिएका छन् ।