विज्ञापन

'मातातीर्थ मेलामा २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी, १७ लाख १४ हजार खर्च'

काठमाडाैं ।  मातातीर्थ संरक्षण तथा विकास संस्थाले मातातीर्थ मेला अन्तर्गत भएको आर्थिक कारोबार सम्बन्धी जानकारी दिएको छ ।

विज्ञापन

वैशाख ४ गते परेको यस वर्षको मातातीर्थ औंसी (मातातीर्थ मेला) अन्तर्गत कुल २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी भएको तथा १७ लाख १४ हजार रुपैयाँ खर्च भएको मातातीर्थ संरक्षण तथा विकास संस्थाले जानकारी दिएको हो ।

विज्ञापन

संस्थाका अध्यक्ष शान्त उदासका अनुसार मेलामा भजन मण्डल र चन्दा बाकसबाट १९ लाख ५७ हजार ७ सय,बजार व्यवस्थापनबाट ३ लाख २५ हजार,पोखरीमा रहेको १२ हजार १ सय ८५, बैंकको क्यू.आर.बाट ६२ हजार र मनोरञ्जनबाट ५० हजार गरि कुल २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी भएको हो ।

संस्थाले दिएको आर्थिक विवरण अनुसार २४ लाख ६ हजार ८ सय ८५ आम्दानी मध्ये मन्दिर परिसरमा संरचना निर्माण,रंङ्गरोगन,सिसिक्यामरा जडान ,बिजुली मर्मत,क्याटरिङ, भजन मण्डल, खाजा, मसलन्द तथा पूजा सामाग्री,छापाखाना लगायतका शिर्षकमा १७ लाख १४ हजार खर्च भएको उल्लेख गरिएको छ ।

यस वर्षको मातातीर्थ मेला व्यवस्थापनमा सबै खर्च कटाएर ६ लाख ९२ हजार रुपैयाँ बचत भएको मातातीर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

काठमाडौंसहित देशका यी भूभागमा मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान

चन्द्रागिरि नगरपालिकाको शैक्षिक संस्थाको शुल्क निर्धारण अझै अन्यौलमा, के गर्दै छ शिक्षा शाखा ?

सुदूरपश्चिम प्रदेशमा तातो दिन हुने, काठमाडौंको मौसम कस्तो छ ?

आजदेखि सुरु भयो १२ को परिक्षा, ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदै

त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

यस्तो छ आजको मौसम यी ठाउँमा भारी वर्षा हुने

सोमबारदेखि कक्षा १२ को परीक्षा सुरु, काठमाडौं शिक्षा क्याम्पसको सम्पूर्ण तयारी पूरा

हिजो राति आएको हावाहुरीले चित्लाङ माँझगाउँका केही घरहरूमा क्षति