विज्ञापन

'सुदूरपश्चिम प्रदेशमा तातो दिन हुने, काठमाडौंको मौसम कस्तो छ ?'

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

विज्ञापन

आंशिक प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ। काठमाडौंलगायत बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन

साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

त्रिवि खेल मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ: खेलकुदमन्त्री पोखरेल

यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौंसहित देशका यी भूभागमा मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान

चन्द्रागिरि नगरपालिकाको शैक्षिक संस्थाको शुल्क निर्धारण अझै अन्यौलमा, के गर्दै छ शिक्षा शाखा ?

आजदेखि सुरु भयो १२ को परिक्षा, ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदै

त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

यस्तो छ आजको मौसम यी ठाउँमा भारी वर्षा हुने