काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी ‘व्यापारिक कारोबार गर्ने सार्वजनिक निकाय’को रूपमा सूचीकृत गर्ने निर्णय गरेको छ ।
विज्ञापन
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त केन्द्रलाई औपचारिक रूपमा व्यापारिक गतिविधिमा सहभागी गराउने उद्देश्यसहित सूचीमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
विज्ञापन
बैठकले भन्सार नियमावली, २०८३ लाई पनि स्वीकृति प्रदान गरेको छ ।
साथै, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) पदमा नियुक्त गर्ने निर्णय समेत गरिएको प्रवक्ता पोखरेलले बताए ।