काठमाडाैं । वैशाख १७ गते चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत सम्पर्कमा आएका छन् ।
विज्ञापन
लम्की चुहा नगरपालिका वडा नं २ स्थायी घर भई हाल चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोट बस्दै आएका तपेन्द्र कडायतका ११ वर्षीय छोरा समीर कडायत वैशाख १७ गते बिहान ६ बजेदेखि नै हराइरहेकोमा चन्द्रागिरि २ मा भेटिएका हुन् ।
विज्ञापन
चनपा- २ स्थित भीम माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत समीर कडायत आफ्नै क्लासमा पढ्ने सुदिप लोहारको बसुन्डोल, घट्टे डाँडास्थित घरमा मोबाइल खेलेर बसेको अवस्थामा भीम मा.वि.स्कुलका शिक्षकहरूको सहयोगमा फेला परेको हो ।
समीर कडायत भेटिएपछि उनको परिवारले उनको खोजी कार्यमा सहयोग पुर्याउने सम्पूर्णमा आभार व्यक्त गरेको छ ।