काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । बागमती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको थियो ।
विज्ञापन
प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।
विज्ञापन
भाषा दिवसकाे अवसरमा आज बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।