विज्ञापन

'भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको हत्या'

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको हत्या भएको छ । उनको गएराति नर्थ २४ परगनामा गोली हानी हत्या भएको हो ।

विज्ञापन

घटनाका समयमा रथ स्कार्पियो गाडीबाट आफ्नो घर जाँदै थिए भने उनका चालकले गाडी चलाएको बताइएको छ । सो समयमा अर्का एक व्यक्ति पनि गाडीमा थिए ।

विज्ञापन

रिपोर्टअनुसार अस्ट्रेलियन ग्लक पेस्तोल प्रयोग गरेर गोली हानिएको थियो । कुल १० राउन्ड गोली प्रहार भएको बताइएको छ । जसमध्ये रथको टाउकोमा २ गोली र पेटमा एक गोली लागेकाे छ ।

भाजपाले तृणमूल पार्टीमाथि हत्याको आरोप लगाएको छ । यद्यपि, तृणमूलले भने आरोपको खण्डन गर्दै घटनाको अनुसन्धान गर्न माग गरेको छ ।

पश्चिम बंगालमा भाजपाले चुनाव जितेसँगै हिंसा भड्किएको छ । भाजपा विजयी भएपछि कतिपय स्थानमा भाजपा कार्यकर्ताले तृणमूलको पार्टी कार्यालयमा डोजर चलाएका छन् भने कतिपयमा आगजनी तोडफोड गरेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेश प्रदेशभर सार्वजनिक बिदा

शिक्षक सेवा आयोगले लिने अन्तर्वाता परीक्षाहरू स्थगित

कीर्तिपुरमा ३ जना मिलेर खुकुरी प्रहारी युवकको हत्या

चन्द्रागिरि नगरपालिकाको कडा निर्देशन, “सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर”

इरानविरुद्धको सैन्य कारबाही ‘समाप्त’ भएको अमेरिकी घोषणा

गोकर्णेश्वरमा ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव बैशाख २४ गतेदेखि सुरु हुँदै

आज चन्द्रागिरिका अधिकांश स्थानमा बिहान १० बजेबाट ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुँदै