विज्ञापन

'वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ'

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाडौं महानगरपालिका-१४ बस्ने दाङ घर भएका ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे घर भएका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने पाँचथर घर भएका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने स्याङ्जा घर भएका २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।

विज्ञापन

पक्राउ परेकामध्ये राज कुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिएको आरोप छ ।

पीडितहरूले पैसा बुझेपछि सम्पर्कविहीन भएको उजुरी दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको हत्या

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेश प्रदेशभर सार्वजनिक बिदा

शिक्षक सेवा आयोगले लिने अन्तर्वाता परीक्षाहरू स्थगित

कीर्तिपुरमा ३ जना मिलेर खुकुरी प्रहारी युवकको हत्या

चन्द्रागिरि नगरपालिकाको कडा निर्देशन, “सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर”

इरानविरुद्धको सैन्य कारबाही ‘समाप्त’ भएको अमेरिकी घोषणा

गोकर्णेश्वरमा ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव बैशाख २४ गतेदेखि सुरु हुँदै

आज चन्द्रागिरिका अधिकांश स्थानमा बिहान १० बजेबाट ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुँदै