विज्ञापन

'चन्द्रागिरि ८ स्थित बम्बु डाँडा वनको अवैध बाटो प्रकरण उत्कर्षमा'

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ८ स्थित बम्बु डाँडा सामुदायिक वनमा बनेको बाटो अहिले चर्चा र विवादको विषय बनेको छ ।

विज्ञापन

रमाइलो हिल्स हाउजिङ एण्ड ल्याण्ड डेपलोपर्सले व्यावसायिक स्वार्थका लागि आफ्नो जग्गासम्म डोजर लगाई बाटो बनाएको र त्यस कार्यमा बम्बु डाँडा वन उपभोक्ता समितिको समेत मिलोमतो देखिएपछि विषय पेचिलो बनेको हो ।

विज्ञापन

सव डिभिजन वन कार्यालय थानकोट, चेकपोस्टले २०८३ वैशाख ३ गते बम्बु वन उपभोक्ता समितिलाई उक्त बाटो राष्ट्रिय वन क्षेत्रमा पर्ने तथा सामुदायिक वन क्षेत्र नै भएकोले डोजर र गाडी चलाउन तत्काल रोक्न पत्राचार गरेपछि बम्बु वन उपभोक्ता समितिले रमाइलो हिल्स हाउजिङ एण्ड ल्याण्ड डेभलोपर्सलाई २०८२ साल जेठ २ गते नै ५ लाख ५५ हजार जरिवाना तिराई कार्वाही गरिसकिएको जवाफ दिएको थियो ।

यद्यपि, पछिल्लो समय स्थानीय स्तरमा बम्बु डाँडा बाटो प्रकरणले थप चर्चा र विवाद निम्त्याएपछि उक्त बाटो तत्काल बन्द गर्न तथा त्यस अवैध कार्यमा संलग्न देखिएको रमाइलो हिल्स हाउजिङ डेभलोपर्सलाई कार्रवाही गरी जानकारी दिन सव वन डिभिजन कार्यालयले बम्बु डाँडा वन उपभोक्ता समितिलाई निर्देशन दिएको हो ।

वन डिभिजन कार्यालय थानकोटका अनुसार चन्द्रागिरि ८ बम्बु डाँडास्थित बनिरहेको बाटो तत्काल बन्द गरि सम्बन्धितलाई कार्वाही नगरे वन उपभोक्ता समिति नै जिम्मेवार हुनुपर्ने जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपाको चन्द्रागिरि १ मा विनय थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन

भगवान शिवको उग्र तथा शक्तिशाली रूप कालभैरव

आज थानकोट हाइकर्स क्याफेमा वैज्ञानिक तथा पूर्वमन्त्री महावीर पुन आउँदै

आज मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

बाबुराम भट्टराईले त्यागे प्रलोपाका सबै जिम्मेवारी

सुकुम्वासी बस्ती तत्काल नहटाउन सर्वोच्चको अन्तरिम आदेश

यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने

थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन