काठमाडाैं । आज थानकोटस्थित हाइकर्स क्याफेमा महावीर पुन आउने भएका छन् ।
विज्ञापन
चन्द्रागिरि हाइकर्स कम्युनिटीको विशेष पहलमा वैज्ञानिक, पूर्वमन्त्री तथा संघीय साम्सद महावीर पुन थानकोटस्थित हाइकर्स क्याफेमा आउन लागेका हुन् ।
विज्ञापन
चन्द्रगिरि हाइकर्स कम्युनिटीका अध्यक्ष प्रशन्नमान गोपालीका अनुसार महावीर पुन आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म थानकोट हाइकर्स क्याफेमा रहने छन् । सो क्रममा पुनले स्थानीयसँग भेटघाट, छलफल र अन्तर्कृया गर्नेछन् भने आफ्नो किताब पनि बेच्नेछन् ।
महावीर पुनलाई लामो समयदेखि थानकोट ल्याउन पहल गरिरहेका हाइकर्स कम्युनिटीका अध्यक्ष प्रशन्नमान गोपालीले चन्द्रागिरि बासीलाई पुनको किताब किनेर पुनले सञ्चालन गरिरहेको आविस्कार केन्द्रलाई सहयोग गरिदिन अनुरोध गरेका छन् ।