विज्ञापन

'आज मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना'

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

विज्ञापन

हाल काठमाडाैंसहित बागमती, मधेश र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ ।

विज्ञापन

बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपात साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपाको चन्द्रागिरि १ मा विनय थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन

भगवान शिवको उग्र तथा शक्तिशाली रूप कालभैरव

आज थानकोट हाइकर्स क्याफेमा वैज्ञानिक तथा पूर्वमन्त्री महावीर पुन आउँदै

बाबुराम भट्टराईले त्यागे प्रलोपाका सबै जिम्मेवारी

चन्द्रागिरि ८ स्थित बम्बु डाँडा वनको अवैध बाटो प्रकरण उत्कर्षमा

सुकुम्वासी बस्ती तत्काल नहटाउन सर्वोच्चको अन्तरिम आदेश

यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने

थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन