काठमाडौं -सुदूरपश्चिम समाजवादी सम्पर्क मञ्च गठन हुँदै

श्रावण १३/काठमाडौं काठमाडौं सुदूरपश्चिम समाजवादी सम्पर्क मञ्च गठन हुने भएको छ। सुदूरपश्चिम प्रदेशमा घर भई विभिन्न कामको सिलसिलामा काठमाडौँमा बस्ने सुदूरपश्चिमबासीहरूलाई संगठनमा जोड्दै आइपर्ने समस्या समाधान गर्ने उद्देश्यले सम्पर्क मञ्च गठन गर्न लागिएको हो ।कम्युनिष्ट आस्था, विचार वा समाजवाद प्रति विश्वास गर्ने सुदूरपश्चिमेलीहरू काठमाडौँमा असंगठित रहेको बताउँदै संगठित गर्न मञ्च गठन गर्न लागिएको अखिल नेपाल […]

नेकपा कञ्चनपुरद्वारा विभिन्न समस्या समाधान गर्न प्रजिअको ध्यानाकर्षण

श्रावण १३ /कञ्चनपुर नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरको टोलिले जिल्लामा जनताले भोगिरहेका विभिन्न समस्याहरूका विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको छ। जनतालाई सिमानाकामा चार-पाँच ठाउँमा सुरक्षा जाँचका नाममा शशस्त्र र नेपाल प्रहरीले दुःख दिइरहेको देखिएको बताउँदै एकैठाउँमा एकीकृत सुरक्षा चौकीमार्फत सुरक्षा जाँच गरिनुपर्ने ,बाढीपिडितहरूको विवरण संकलन र राहत वितरणलाई व्यवस्थित एवं पारदर्शीरूपमा गरिनुपर्नेमा राहत वितरण नगरिएको, […]

जरिवाना घटाउँदै सर्वोच्च अदालतद्वारा काँग्रेस नेता गोविन्दराज जोशी भ्रष्टाचारी ठहर

श्रावण १३/काठमाडौँ सर्वोच्च अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उनले गरेको पुनरावेदनमा दाबी पुग्न नसक्ने फैसला सुनाएको हो ।   सर्वोच्चले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । सर्वोच्चले यो विवादमा […]

धनगढीमा ट्रकमा शव फेला ,चालक -सहचालक प्रहरी नियन्त्रणमा

श्रावण १३/धनगढी धनगढीमा ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको छ । वीरगञ्जबाट समान ल्याएको ट्रक अनलोड गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।   कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टका अनुसार शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई […]

नेकपाको स्थायी समिति बैठक बस्दै

श्रावण १३ /कपिलवस्तु नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठक बस्ने भएको छ। बुध र बिहीबार केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा बस्ने स्थायी समिति बैठकले समसामयिक राजनीतिक परिस्थिति ,आवधिक योजनाको समिक्षा गर्दै नयाँ रणनीति तय गर्ने बताइएको छ।   बैठकका लागि महासचिव विप्लव सी एक साता अघि नै शिवगढी पुगिसकेका छन् । प्रवक्ता प्रकाण्ड सी कर्णालीबाट बैठकमा […]

प्रतिनिधिसभाको बैठकमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पेश हुँदै 

श्रावण १३/काठमाण्डौ प्रतिनिधिसभाको बैठकमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक पेश गर्न लागिएको हो ।राष्ट्रियसभाबाट उत्पत्ति भई पारित भइसकेको विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको आइतबारको बैठकमा पेश हुन लागेको हो ।विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसुचीमा रहेको हो। सुदूरपश्चिम प्रदेशको गेटामा निर्माण सम्पन्न भएपनि प्रतिष्ठान कि विश्वविद्यालय निर्माण गर्ने भनेर विवादका कारण लामो समयदेखि […]

श्रीलंकालाई महिला एशिया कप टी-२० क्रिकेटको उपाधि

काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ ।  फाइनल खेलमा श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो ।  भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।  श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् […]

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । यसअघि विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले […]

बालाजु चोकमा एटीएम फुटाएर पैसा निकाल्ने प्रयास, एकजना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो २ः४४ बजे बालाजु चोकमा रहेको माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गरेको खबर प्रहरीकोमा पुगेको थियो । तत्कालै प्रहरीको टोली घटनास्थलमा पुग्दा एटीएम फुटाउँदै गरेको अवस्थामा राधेश्याम बैठालाई नियन्त्रणमा लिएको थियो ।प्रहरीले फलामको रडसहित बैठालाई पक्राउ […]

काठमाडौंबाट मकवानपुरको हेटौंडा जाने कान्ति लोकपथ अवरुद्ध

काठमाडौँ ।  शनिबार राति परेका पानीका कारण आएको पहिरोले काठमाडौंबाट मकवानपुरको हेटौंडा जाने कान्ति लोकपथ सडक अवरुद्ध बनाएको हो । मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको छ । जसकरण सडक खुल्न निकै समय लाग्ने बताइएको छ । कार्कीबास भन्ने ठाउँमा पनि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले […]

सेयर बजारमा ११३ अंकको वृद्धि, १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं  । आइतबार दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको सेयर बजार ११५ अंकले बढेको छ ।  आइतबार कारोबार सुरु भएको १ मिनेट ३१ सेकेण्डमा नै पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट रोकिएर खुलेको बजारमा लगत्तै दोस्रो सर्किट ब्रेकसमेत लागेको थियो । त्यसपछि ४० मिनेटपछि खुलेको बजार उतारचढावमा अघि बढ्दै उचाइतर्फ नै देखियो […]

अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले भोलि बिहान पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले भोलि बिहान पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छन् । शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्न लागेकी हुन् । १४ गते बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । हाल भागवत वाचनमा चर्चा बटुलिरहेकी प्रतिभा पराजुली काभ्रेपलाञ्चोक जिल्लाको […]