विज्ञापन
No data was found

'धनगढीमा ट्रकमा शव फेला ,चालक -सहचालक प्रहरी नियन्त्रणमा'

श्रावण १३/धनगढी

विज्ञापन

धनगढीमा ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको छ । वीरगञ्जबाट समान ल्याएको ट्रक अनलोड गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।

विज्ञापन

 

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टका अनुसार शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ ।

ट्रकमा वीरगञ्जबाट छड र प्लाष्टिकका बोरा ल्याइएको थियो । चालक र सहचालकले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र देखेको बयान प्रहरीलाई दिएका छन् ।पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

स्रोत:अनलाइनखबर

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌