विज्ञापन
No data was found

'काठमाडौं -सुदूरपश्चिम समाजवादी सम्पर्क मञ्च गठन हुँदै'

श्रावण १३/काठमाडौं

विज्ञापन

काठमाडौं सुदूरपश्चिम समाजवादी सम्पर्क मञ्च गठन हुने भएको छ। सुदूरपश्चिम प्रदेशमा घर भई विभिन्न कामको सिलसिलामा काठमाडौँमा बस्ने सुदूरपश्चिमबासीहरूलाई संगठनमा जोड्दै आइपर्ने समस्या समाधान गर्ने उद्देश्यले सम्पर्क मञ्च गठन गर्न लागिएको हो ।कम्युनिष्ट आस्था, विचार वा समाजवाद प्रति विश्वास गर्ने सुदूरपश्चिमेलीहरू काठमाडौँमा असंगठित रहेको बताउँदै संगठित गर्न मञ्च गठन गर्न लागिएको अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी ) का महासचिव प्रकाश सीले जानकारी दिए।

विज्ञापन

 

सोमबार प्रदशनीमार्गस्थित वाल्मिकी क्याम्पसमा हुने काठमाडौँ-सुदूरपश्चिम समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले सम्बोधन गर्ने जनाइएको छ। सुदूरपश्चिम घर भई काठमाडौँ बस्ने सम्पुर्ण सुदूरपश्चिमबासीहरूलाई कार्यक्रममा सहभागी हुन समेत आयोजकले आव्हान गरेको छ।

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌