विज्ञापन
No data was found

'प्रतिनिधिसभाको बैठकमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पेश हुँदै '

श्रावण १३/काठमाण्डौ

विज्ञापन

प्रतिनिधिसभाको बैठकमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक पेश गर्न लागिएको हो ।राष्ट्रियसभाबाट उत्पत्ति भई पारित भइसकेको विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको आइतबारको बैठकमा पेश हुन लागेको हो ।विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसुचीमा रहेको हो।

विज्ञापन

सुदूरपश्चिम प्रदेशको गेटामा निर्माण सम्पन्न भएपनि प्रतिष्ठान कि विश्वविद्यालय निर्माण गर्ने भनेर विवादका कारण लामो समयदेखि विश्वविद्यालय सञ्चालनको कार्य अघि बढ्न सकिरहेको थिएन। सरकारले २०७९ माघ २९ गते मन्त्रिपरिषदको बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। सुदूरपश्चिमका स्थानीय जनसमुदायको लामो समयको संघर्षले सरकारलाई निर्णय गर्न बाध्य पारेको थियो। चरणबद्ध संघर्षमा रहेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले प्रतिनिधिसभाबाट छिटो विधेयक पारित गरि विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग सहित श्रावण ९ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌