विज्ञापन
No data was found

'नेकपा कञ्चनपुरद्वारा विभिन्न समस्या समाधान गर्न प्रजिअको ध्यानाकर्षण'

श्रावण १३ /कञ्चनपुर

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरको टोलिले जिल्लामा जनताले भोगिरहेका विभिन्न समस्याहरूका विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको छ। जनतालाई सिमानाकामा चार-पाँच ठाउँमा सुरक्षा जाँचका नाममा शशस्त्र र नेपाल प्रहरीले दुःख दिइरहेको देखिएको बताउँदै एकैठाउँमा एकीकृत सुरक्षा चौकीमार्फत सुरक्षा जाँच गरिनुपर्ने ,बाढीपिडितहरूको विवरण संकलन र राहत वितरणलाई व्यवस्थित एवं पारदर्शीरूपमा गरिनुपर्नेमा राहत वितरण नगरिएको, मिटरव्याजी, लघुवित्त र बैङ्कहरूले किसानहरूमाथि गरिरहेको ज्यादती अन्त्य गरिनुपर्ने, स्वास्थ्य र शैक्षिक संस्थाहरूमा मौलाइरहेको लापरवाही र माफियाकरण रोकिनुपर्ने लगायतका विषयमा प्रजीअ नारायणप्रसाद सापकोटासँग छलफल गरेको हो ।

विज्ञापन

जनताले सिमानाकामा भोगिरहेका समस्या न्युनिकरणका लागि सिमानाका गड्डाचौकीमा पार्टीका तर्फबाट सहायता कक्ष स्थापना गर्ने विषयमा समेत टोलीले छलफल गरेको हो। जिल्लाभित्र जनताले भोगिरहेका समस्या समाधानका निम्ति जिल्ला प्रशासन कार्यालयले उचित ध्यान दिन नसकेको भन्दै प्रजिअको ध्यानाकर्षण समेत गराएको थियो ।प्रजीअ सापकोटाले पार्टीले उठाएका विषयमा समाधान गर्न पहल गर्ने बताउँदै समाधानका निम्ति नेकपालगायत सम्पूर्ण पक्षलाई सहयोग गर्न अनुरोध गरे। नेकपा कञ्चनपुर इन्चार्ज विपि सीले जिल्लाका विभिन्न समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको र तत्काल समाधान गर्न पहल नगरे कडा संघर्ष गर्न बाध्य हुने चेतावनीसमेत दिए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌