बिहान उठ्नासाथ के गर्ने ? जानी राखौं

बिहानको सुरुवात राम्रो भए दिनभर नै शरीर चुस्त र फूर्तिलो हुन्छ भनिन्छ । त्यसैले बिहान उठेपछि के गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ । व्यस्त जीवनशैलीले अधिकांश मानिस आफ्नो दैनिकीमा ध्यान दिइरहेका हुँदैनन् । दिनभर कामको चिन्तामा कसरी बित्छ भन्ने पत्तै हुँदैन । यस्तोमा बिहानको समय पनि हामीले राम्ररी बिताएनौं भने त्यसको प्रभाव दैनिकीमा पर्छ […]
मातातीर्थ औंसीको दिन चन्द्रागिरिमा सार्वजनिक विदा

काठमाडौँ । मातातीर्थ औंसीको दिन चन्द्रागिरि नगरपालिकामा सार्वजनिक विदा हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं ६ मा रहेको महत्वपूर्ण तीर्थस्थल मध्येको मातातीर्थमा मातातीर्थ औंसीका दिन विशेष मेला लाग्ने गर्छ । सम्भवत: आमाको सम्झनामा विश्वमै साँस्कृतिक रूपमा उच्च महत्त्वकासाथ आमाको मुख हेर्ने परम्परा नेपालमा प्रचलित छ । प्राचीनकालदेखि आफ्नो दिवङ्गत माताको सम्झनामा मातातीर्थ […]
काठमाडौँसहित देशभर ह्वात्तै गर्मी बढ्यो, तातो हावा चल्नसक्छ

काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । आगामी तीन दिन कुनै पनि नयाँ मौसमी प्रणाली […]
प्रगतिशील प्राध्यापक संगठनको उपमहासचिवमा डा. अर्याल चयन

काठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठनको उपमहासचिवमा डा.देवराज अर्याल निर्वाचित भएका छन् । काठमाडौंमा यही बैशाख ९ गते सम्पन्न संगठनको ११ औं राष्ट्रिय सम्मेलनले अर्याललाई उप– महासचिवमा चयन गरेको हो । त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा उप प्राध्यापक रहेका डा. अर्याल यस अघि संगठनको सचिव पदमा थिए । लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध अर्याल […]
“आफ्ना बालबालिकाहरू अनिवार्य सामुदायिक विद्यालयमा पढाउ”: थाक्रे गाउँपालिका

काठमाडौँ । थाक्रे गाउँपालिकाले आफ्ना बालबालिकाहरूलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ । २०८२ वैशाख ७ गते बसेको गाउँपालिकाको १४० औं बैठकको निर्णयानुसार थाक्रे गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्नो बालबालिकाहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने निर्णय गरेको […]
अवकाशप्राप्त कर्मचारी भ्रष्टाचारी ठहरिए पेन्सन नपाउने

काठमाडौं । सरकारका कुनै अवकाशप्राप्त कर्मचारी अदालतबाट भ्रष्टचारी ठहरिएमा निवृत्तिभरण (पेन्सन) नपाएने व्यवस्था गरिएको छ । संघीय निजामती सेवा विधेयकमा यस्तो व्यवस्था राख्न सांसदहरू सहमत भएका हुन् । संघीय निजामती सेवा विधेयकमा सरकारले अवकाश भई निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते, राज्य विरूद्धको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्िवक […]
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण घाटा व्यहोर्दै सरकार

काठमाडौं । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग वरिपरी विभिन्न क्षतिमा सरकारले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । ठेक्केदार कम्पनीको लापर्बाहीका कारण भएको क्षतिमा त्यहि कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा सरकारले गैरकानूनी रुपमा आफैंले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्दा प्रभावित स्थानीयबासीको हकमा ठेक्केदार कम्पनी जापानको हाजमा एण्डो […]
भारतको कश्मीरमा बन्दुकधारीले पर्यटकहरूमाथि गोली चलाउँदा २० जना भन्दा धेरैको मृत्यु

भारतको जम्मू कश्मीरमा बन्दुकधारीहरूले आन्तरिक पर्यटकहरूमाथि मंगलबार गोली चलाउँदा कम्तीमा दुई दर्जन मानिसहरूको मृत्यु भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई आतङ्कवादी हमला भनेका छन् र आक्रमणमा जिम्मेवार जो कोहीलाई पनि नछोडिने बताएका छन्। राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त घटनालाई “पछिल्ला वर्षहरूमा सर्वसाधारणलाई लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण” भनेका छन्।
दर्ता नगरे बन्द गरिने चेतावनीपछि मेटाका प्रतिनिधि काठमाडौंमा
काठमाडौं । सामाजिक सञ्जाल नियमनको सरकारी अभियानले तीव्रता पाउँदै जाँदा, फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप सञ्चालक मेटा प्लेटफर्मले अन्ततः आफ्ना प्रतिनिधि नेपाल पठाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ३ गते (अप्रिल १५) सम्म नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र सञ्चालन नहुने चेतावनी दिएपछि मेटा सिंगापुरस्थित क्षेत्रीय कार्यालयबाट उच्च अधिकारीहरूलाई छलफलका लागि काठमाडौँ पठाएको […]