विज्ञापन
No data was found

'बिहान उठ्नासाथ के गर्ने ? जानी राखौं'

 

विज्ञापन

बिहानको सुरुवात राम्रो भए दिनभर नै शरीर चुस्त र फूर्तिलो हुन्छ भनिन्छ । त्यसैले बिहान उठेपछि के गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ ।

विज्ञापन

व्यस्त जीवनशैलीले अधिकांश मानिस आफ्नो दैनिकीमा ध्यान दिइरहेका हुँदैनन् । दिनभर कामको चिन्तामा कसरी बित्छ भन्ने पत्तै हुँदैन । यस्तोमा बिहानको समय पनि हामीले राम्ररी बिताएनौं भने त्यसको प्रभाव दैनिकीमा पर्छ । बिहान उठ्नासाथ के गर्ने भन्ने विषयमा प्राकृतिक चिकित्सक दीपा पाण्डेले दिएको सुझाव –

सधैं एउटै समयमा उठ्ने :

बिहान सूर्योदयभन्दा अघि उठ्न सकिन्छ भने एकदमै राम्रो हुन्छ । सूर्योदयअघि उठ्न सकिंदैन भने पनि हरेक बिहान एकै समयमा उठ्ने प्रयास गर्नुपर्छ । हरेक दिन एकै समयमा उठियो भने शरीर चक्र कायम रहन्छ । त्यसमा परिवर्तन भयो भने मन पनि विचलित हुन सक्छ ।

बेडबाट उठ्नुअघि शरीरलाई स्ट्रेचिङ गर्ने :

सुतेको समयमा हाम्रो शरीरको मांसपेशी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ । जसलाई सामान्य अवस्थामा फर्काउन शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीन(चारपटक शरीर स्ट्रेच गर्ने र बायाँ फैलिएर सकारात्मक ऊर्जालाई महसुस गर्ने गर्दा दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

मनतातो पानी पिउने :

बिहान उठेपछि पानी पिउने बानी बसाल्नुपर्छ । आफ्नो इच्छाअनुसार मनतातो वा चिसै पनि पानी पिउन सकिन्छ । यसले गर्दा शरीर हाइड्रेटेड मात्र रहँदैन, दिसा पिसाबमा पनि सहज हुन्छ । यसले दिनभर पेटमा ग्यासको समस्या हुँदैन ।

शौचालय जाने :

बिहान ५ देखि ६ बजेसम्मको समय शौचालय जानका लागि उत्तम हुन्छ । वास्तवमा, यस समयमा हाम्रो शरीरमा अधिक हावा हुन्छ, जसले दिसालाई राम्रोसँग बाहिर निस्कन मद्दत गर्छ । त्यसैले समयमै दिसा पास गर्न सजिलो हुन्छ ।

मर्निङवाक :

बिहान उठेर तुरुन्तै अफिस जान हतार गर्नु हुँदैन । बिहानको समयमा करिब २० देखि ३० मिनेट हिंड्ने वा दौडिने समय निकाल्नुपर्छ । यसले शरीरमा रक्तसञ्चार बढाउँछ, जुन स्वास्थ्यका लागि राम्रो हुन्छ ।

बिहानको नास्ता :

राति खाना खाएर सुतेपछिको कम्तीमा ९-१० घण्टा हाम्रो पेट खाली हुन्छ । यसपछि गरिने नास्ताले शरीरको ऊर्जा र पोषक तत्त्वको भण्डारलाई भरपाई गर्छ । बिहानको नास्ताले शरीरको पाचन यन्त्रलाई सक्रिय बनाउँछ र दिनभरको लागि ऊर्जा प्रदान गर्ने विभिन्न अध्ययनमा उल्लेख छ । बिहान उठेपछि मस्तिष्क र मांसपेशीलाई सक्रिय बनाउन पनि बिहानको नास्ता महत्त्वपूर्ण छ ।

बिहान उठ्नासाथ गर्नु हुँदैन यी गल्ती :

उठ्नासाथ मलमूत्र त्याग नगर्नु :

कतिपय मानिस बिहान उठेर शौचालय जान अल्छी मान्छन् तर उठेर मनतातो पानी पिइसकेपछि मलमूत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा विकार फैलिन्छ । त्यसैले बिहान उठेपछि आरामपूर्वक मलमूत्र त्याग गर्नैपर्छ ।

उठ्नासाथ दूध चिया पिउनु :

कतिपय व्यक्तिको उठ्नासाथ दूध चिया खाने बानी हुन्छ । बिहान उठ्नासाथ खाली पेटमा दूध राखेको चिया पिउँदा भोक हराउने, शरीर आलस्य हुनेजस्ता समस्या देखा पर्न सक्छ । भोक नलाग्दा शरीरले आवश्यक पोषक तत्त्व नपाएर पेट पोल्ने, अमिलो पानी आउने र ग्यास्ट्रिकको समस्या समेत हुन्छ ।

हत्तपत्त उठेर काममा लाग्नु :

दिनको आरम्भ बिस्तारै-बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । उठ्ने बित्तिकै हत्तपत्त काममा लागिहाल्नु हुँदैन । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आराम गर्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा रहेको शरीरको ऊर्जा राम्ररी सञ्चार हुन पुग्छ । यसले शरीरमा ऊर्जाको संचारलाई सन्तुलित गर्छ ।

बिहानको नास्ता नगर्नु :

रातिको खाना र बिहानको खानाबीच लामो ‘ग्याप’ हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केही खाएनौं भने ब्लड सुगर लेभल अझ घट्छ । त्यसैले बिहानको नास्ता गर्नु जरुरी हुन्छ । तर ब्रेकफास्ट भने ताजा हुनुपर्छ । चिया, बिस्कुटजस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

आँखा खोल्नासाथ मोबाइल चलाउनु :

बिहान निद्रा खुल्नासाथ मोबाइल चलाउने धेरैको बानी हुन्छ । आँखा मिच्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छन् । यसले उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नासाथ मोबाइल चलाउनु हुँदैन ।

एक्सरसाइज नगर्नु :

धेरैजसो मानिस बिहान उठ्नासाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायाम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायाम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर प्रफुल्ल मुद्रामा गरिने व्यवस्थित व्यायामले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत