विज्ञापन
काठमाडौँ । मातातीर्थ औंसीको दिन चन्द्रागिरि नगरपालिकामा सार्वजनिक विदा हुने भएको छ ।
विज्ञापन
चन्द्रागिरि नगरपालिका वडा नं ६ मा रहेको महत्वपूर्ण तीर्थस्थल मध्येको मातातीर्थमा मातातीर्थ औंसीका दिन विशेष मेला लाग्ने गर्छ । सम्भवत: आमाको सम्झनामा विश्वमै साँस्कृतिक रूपमा उच्च महत्त्वकासाथ आमाको मुख हेर्ने परम्परा नेपालमा प्रचलित छ ।
प्राचीनकालदेखि आफ्नो दिवङ्गत माताको सम्झनामा मातातीर्थ औंसीका दिन छोराछोरीहरू आफ्नी आमाको मुख हेर्न अत्यन्त श्रद्धापूर्वक मातातीर्थमा आउने गरेकोमा यस वर्षको वैशाख १४ गतेका लागि चन्द्रागिरि नगर कार्यपालिकाले सो दिन चन्द्रागिरी नगर क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।