जनताले माओवादीलाई विश्वास नगरे देश बँच्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने उनको भनाइ छ । ‘लास्टमा चुरो कुरा नढाँटीकन […]
ब्राइट फ्युचर स्कूलद्वारा स्क्र्याबल खेलाडीहरूलाई विदाई

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा हुन लागेको वर्ल्ड स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरूलाई विदाई गरिएको छ । २९ अगस्तदेखि ३ सेप्टेम्बरसम्म मलेसियाको क्वालालम्पुरमा ३५ देशका २ सय भन्दा बढी खेलाडीहरू सहभागी हुने वर्ल्ड च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका चन्द्रागिरि नगरपालिकाको ब्राइट फ्युचर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का खेलाडी आयाम सापकोटा र […]
सामाजिक सञ्जाललाई दर्ता हुन सरकारले ७ दिने अल्टिमेटम

काठमाडौं । सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिकरूपमा आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेश बमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान […]
“वडा अध्यक्ष शैक्षिक विकास कोष”को आयोजनामा वडास्तरीय चित्रकला प्रतियोगिता हुँदै

काठमाडौँ । वडा अध्यक्ष शैक्षिक विकास कोषले वडास्तरीय चित्रकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । “आफूलाई मन पर्ने चित्र” शिर्षकमा हुन लागेको चित्रकला प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नं १५ मा रहेका विद्यालयबाट विभिन्न समूह अन्तर्गत कक्षा १ देखि ३ सम्म, कक्षा ४ देखि ६ सम्म र कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने […]
रुवि हत्या प्रकरणका आरोपी पासवानको उपचारका क्रममा मृत्यु

काठमाडौँ । रौतहटको गौर नगरपालिका वडा नं ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुवि साहको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए । आत्मदाह प्रयास गरेका पासवान आगोले जलेर […]
पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.को ९ औं साधारण सभा हुँदै

काठमाडौँ । पुण्यदय बहुउद्देश्यीय सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा हुने भएको छ । संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार असोज ३ गते शुक्रबार बिहान १०:३० बजेदेखि चन्द्रागिरि नगरपालिकाको वडा नं ४ स्थित त्रिभुवन पार्कसँगै रहेको ड्रिम ब्यान्क्वेटमा साधारण सभा हुन लागेको हो । पुन्योदय सहकारी संस्थाका अध्यक्ष सानुकाजी खड्गीले दिएको जानकारी अनुसार ९ […]
एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबर्जस्ती करणीको मुद्धामा उच्च अदालत पाटनले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बझाङ निवासी रश्मिलाकुमारी धामीको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको ईजलासले महरलाई पक्राउ गर्न पुर्जीसहितको आदेश दिएको हो । उनको पक्षमा अधिवक्ता सुरेन्द्र […]
नेपाल तरुण दल चन्द्रागिरि १ को अध्यक्षमा मणि गिरी सर्वसम्मत चयन

काठमाडौं । नेपाल तरुण दल चन्द्रागिरि नगरपालिका वडा नं १ को तरुण दलको अध्यक्षमा मणि गिरी सर्वसम्मत चयन भएका छन् । तरुण दलको चन्द्रागिरि नगरपालिका वडा नं १ को ५ औं अधिवेशनबाट मणि गिरीको अध्यक्षतामा ११ सदस्यीय वडा कार्य समिति सर्वसम्मत चयन गरिएको हो । त्यस्तै, उपाध्यक्षमा बसन्त तामाङ चयन भएका छन् । काठमाडौं क्षेत्र […]
भुटानमा सम्पन्न ब्याडमिन्टन एशिया च्याम्पियनसिपमा नेपाललाई २१ पदक

काठमाडौं । भुटानको थिम्पुमा यही अगस्ट १५ देखि २२ तारिखसम्म सम्पन्न Badminton Asia (South Asia) Regional Championship 2025 मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, ९ रजत र ११ कांस्य गरी जम्मा २१ पदक हात पारेको छ। नेपालका युवा खेलाडीहरूले विभिन्न उमेर समूहमा शानदार प्रदर्शन गरेका थिए। अण्डर २३ तर्फ मिश्रित टिम इभेन्ट (रसिला महर्जन, […]
चन्द्रागिरिको “ईन्द्रजात्रा मेला”मा राष्ट्रिय कलाकारहरू ओइरिने

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित ऐतिहासिक दहचोकमा “ईन्द्रजात्रा मेला”को आयोजना हुने भएको छ । ईन्द्रथान पर्यटन व्यवस्थापन समिति तथा ईन्द्रदह कोतगाउँ व्यवस्थापन समितिको संयुक्त आयोजनामा पहिलो पटक आयोजना गरिन लागेको “ईन्द्रजात्रा मेला” अन्तर्गत भदौ २० गते शुक्रबार राष्ट्रिय स्तरका चर्चित ब्याण्डहरू “कुटुम्ब” “High G’s and the B flats” सुप्रसिद्ध गायिका “मञ्जु पौडेल” […]
चन्द्रागिरि नगरपालिका वडा नं १५ द्वारा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं १५ ले वडा कार्यालय अगाडीको सडक त्रिभुवन राजपथ सँगैको बाटो मर्मत कार्य भैरहेकोले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ मर्मत कार्यका क्रममा बाटो आशिंक अवरुद्ध हुने भएकोले वैकल्पिक बाटोको प्रयोग गरी विकास निर्माण कार्यमा सहयोग गरिदिन वडा अध्यक्ष घनश्याम लुइँटेलले एक सूचना मार्फत अनुरोध गरेका हुन् ।
रुवि हत्या प्रकरणका आरोपित पासवानले आफूलाई आगो लगाए

काठमाडौँ । रौतहटको गौर नगरपालिका वडा नं ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुवि साहको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवानले आज बिहान आफूलाई आगो लगाएका छन् । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएका हुन् । गम्भीर घाइते भएका उनलाई स्थानीयको सहयोगमा […]